ओलीजत्तिको राजनेता कोही छैन : पूर्वआईजीपी सर्वेन्द्र खनाल



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको बताए ।

‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ,’ उनले भने,‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’

अध्यक्ष ओलीले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उनको छत्रछायाँमा काम गर्ने इच्छा जागेकाले एमाले प्रवेश गरेको खनालले बताए । ‘अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।प्रहरी सेवामा आफ्नो कार्यकालमा पनि राम्रा काममा मात्रै सघाएको पूर्वआईजीपी खनालले दाबी गरे ।

उनले भने, ‘सम्पूर्ण गतिविधिहरू नचाहिने गतिविधि, आतंककारी गतिविधि, उच्छृंखल गतिविधिदेखि लिएर विभिन्न उल्लेखनीय काम गर्ने चेष्टा राखेर काम गर्दा राम्रा कामबाहेक नराम्रा कामलाई कहिल्यै प्रशय नदिने हाम्रा श्रद्धय कमरेडको शीतल छहारी पाउनेछु भन्ने विश्वास लिएको छु ।’ ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्र समेत रहेको उनले बताए ।

‘म नेपालगञ्जको इन्स्पेक्टर हुँदा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । त्यतिबेलादेखि नै उहाँको विचार र सत्कर्महरूलाई म पछ्याउँदै आए,’ उनले भने, ‘मैले भन्नैपर्ने हुन्छ । मलाई अन्याय पर्दा मैले टेलिफोन गरेर समय लिएर उहाँकहाँ केन्द्रीय कार्यालय बल्खुको मिटिङमा पुगेर मेरा कुरा सुनेर तत्कालीन प्रमुख नै गलत भएको कुरा मैले राख्दा न्याय दिलाउनुभयो । नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने राजनेता सायद मैले अर्को भेटिनँ ।’

प्रतिक्रिया दिनुहोस
मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...