प्रहरीले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका नेपाली एजेन्ट मानबहादुर तामाङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको हो। तामाङ रसुवाको क्षेत्र नम्बर १ का नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिक सिफारिसमा परेका व्यक्ति हुन्।