राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक : पूर्वअर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गर्नुभएको छ ।

चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिनुभयो ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता पाण्डलेले बिहीबार यहाँको खैरहनी नगरपालिका–४ चैनपुर, शिवालयचोकमा आयोजित सभामा भन्नुभयो, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास र समृद्धितर्फ अघि बढ्छ ।”राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उहाँको भनाइ थियो ।

निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति जनाउँदै उहाँले सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं १ को लोकतान्त्रिक गठबन्धनअन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले निर्वाचन जितेर आफ्नो क्षेत्रको परिवर्तन गर्ने बताउनुभएको भयो ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...