निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री



हाम्रो इकोनोमि

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ ।

छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हकहितमा कलम चलाएवापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष एवं रेडियो नेपालका प्रतिनिधि जगत साउद र पत्रकार शेरबहादुर ऐरलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला विकास अधिकृत सन्ध्या सिंहलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...