डोल्पाली युवाको चेतावनीः वामदेब गौतमलाई मान्दैनौं
सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् । सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।