देउवा सिङ्गापुर प्रस्थान, निधि कार्यबाहक सभापति



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । बुधबार अपरान्ह १:३० बजे थाई एयरलाइन्सको उडानबाट देउवा सिङ्गापुर प्रस्थान गरेका हुन् ।

 

सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

 

देउवाले आफु स्वदेश फर्कि नआउन्जेलसम्मका लागि नेपाली कांग्रेसको विधान २०१७  (संशोधित र परिमार्जित) को २४ (१२) बमोजिम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...