मन्त्रीले नै संविधान मान्दिनँ भनेपछि जाने भो उनको जागिर



हाम्रो इकोनोमि

ठूलो संघर्षपछि आएको संविधान जनताले मानेका छन् ।

तर सरकारको मन्त्रीले नै यहि संविधान मान्दिनँ भन्नु कतिको जायज होला रु प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले वर्तमान संविधानलाई आफूले नमानेको बताएका छन् ।

 

उनको यो भनाइ बाहिर आएपछि प्रधानमन्त्री केपी ओलीको ध्यान त्यता पुगेको छ । देशको मूल कानुन नै नमान्ने भएपछि उनको जागिर जाने संभावना प्रवल मात्रामा बढेको छ ।

 

मधेसी पत्रकार समाज नेपालले जनकपुरमा आयोजना गरेको कार्यक्रममा राजपाबाट मन्त्री बनेका साहले मधेसविरोधी संविधानलाई आफूले नमानेको दाबी गरेका छन् ।

‘यो संविधान अनुसार भएको निर्वाचनमा भाग लिएँ, सांसद निर्वाचित पनि भए,’ साहले भने, ‘अहिले मन्त्री भएर नेपालको झण्डा फहराएर हिंड्छु तर यो संविधान मान्दिनँ ।’

अहिले पनि संविधान संशोधनको माग रहेको उल्लेख गर्दै मन्त्री साहले भने, ‘संविधानका केही पृष्ठ जलाएर बिरोध ग¥यौ, अब कसरी त्यही संविधानलाई मान्नु ।’ उनले संविधान संशोधन नभएसम्म स्वीकार्य नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...