मन्त्रीले नै संविधान मान्दिनँ भनेपछि जाने भो उनको जागिर



हाम्रो इकोनोमि

ठूलो संघर्षपछि आएको संविधान जनताले मानेका छन् ।

तर सरकारको मन्त्रीले नै यहि संविधान मान्दिनँ भन्नु कतिको जायज होला रु प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले वर्तमान संविधानलाई आफूले नमानेको बताएका छन् ।

 

उनको यो भनाइ बाहिर आएपछि प्रधानमन्त्री केपी ओलीको ध्यान त्यता पुगेको छ । देशको मूल कानुन नै नमान्ने भएपछि उनको जागिर जाने संभावना प्रवल मात्रामा बढेको छ ।

 

मधेसी पत्रकार समाज नेपालले जनकपुरमा आयोजना गरेको कार्यक्रममा राजपाबाट मन्त्री बनेका साहले मधेसविरोधी संविधानलाई आफूले नमानेको दाबी गरेका छन् ।

‘यो संविधान अनुसार भएको निर्वाचनमा भाग लिएँ, सांसद निर्वाचित पनि भए,’ साहले भने, ‘अहिले मन्त्री भएर नेपालको झण्डा फहराएर हिंड्छु तर यो संविधान मान्दिनँ ।’

अहिले पनि संविधान संशोधनको माग रहेको उल्लेख गर्दै मन्त्री साहले भने, ‘संविधानका केही पृष्ठ जलाएर बिरोध ग¥यौ, अब कसरी त्यही संविधानलाई मान्नु ।’ उनले संविधान संशोधन नभएसम्म स्वीकार्य नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...