‘स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पुर्याउन वरिष्ठ चिकित्सकहरु गाउँगाउँमा पुग्नुपर्छ’



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पुर्याउन वरिष्ठ चिकित्सकहरुले गाउँ गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भएपनि वरिष्ठ चिकित्सकहरु नगएकोप्रति असन्तुष्टि व्यक्त गर्दै वरिष्ठ चिकित्सकहरुलाई तोकिएको कार्य क्षेत्रमा जान कडा निर्देशन समेत दिएका छन् ।

बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नब्बे प्रतिशत भन्दा बढि चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत पनि गराएका छन् ।

उनले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी पनि दिए ।

उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरबाही हुने गरेको पनि स्मरण गराए । शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पनि मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...