दिपायलमा राजधानीको माग गर्दै धनगढीमा प्रदर्शन
प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् । पहिलेको क्षेत्रीय सदरमुकाम रहेको दिपायलका बासिन्दाले राजधानीको माग गर्दै अहिले अस्थायी राजधानी रहेको धनगढीमा आएर प्रदर्शन गरेका हुन् ।