संघीय समाजवादी फोरम नेपालले भन्यो सीमामा छेकबार लगाए फेरि नाकाबन्दी गर्छौ



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् ।

नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी प्रतिवेदन आउन लागेको भन्दै उनले आपत्ती जनाएका हुन् ।

नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रम अन्र्तगत वीरगञ्जमा सोमबार आयोजित निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै सांसद यादवले सदियौंदेखिको रोटी बेटीको सम्बन्ध विगार्ने षडयन्त्र भइरहेको बताए ।

‘भेषबहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाल भारतको सीमा क्षेत्रमा तारबार लगाउने र पासपोर्ट बनाएर आवतजावत गर्न दिनुपर्ने भन्ने प्रस्ताव गरेको कुरा आएको छ’ उनले भने ‘नेपाल भारतबीच सीतारामको समयदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको छ । अयोध्याबाट आज पनि जन्ती आउँछ । यसलाई बन्द गर्न खोजिएको छ । नेपाल भारतको सम्बन्ध बिगि्रयोस भन्ने चाहिएको छ, यो षडयन्त्रको पर्दाफास गर्नुपर्छ ।’

सीमाको रक्षा मधेसी जनताले नै गरिरहेको बताउँदै मधेसी जनतालाई नै आघात पार्ने काम गर्न नहुने उनको भनाइ छ । ‘अहिले पनि कतिपयको ससुराली, मामाघर उता छ, यताका छोरी चेली उता विवाह गरेर गएका छन् । यहाँ तारबार र पासपोर्ट लगाउँदा यो सबै बन्द हुन्छ’ सांसद यादवले भने ‘यो सम्बन्धलाई बन्द गर्न खोजिएको छ । यो कदापी हुन दिदैनौं ।’
उनले संसदमा आवाज उठाउने मात्रै नभएर आवश्यक परेको खण्डमा नाकाबन्दी समेत गर्न सक्ने चेतावनी दिए ।

कार्यक्रममा प्रदेश सभासद राजेश्वरप्रसाद साह तेली, वीरगञ्ज नागर प्रमुख विजय कुमार सरावगी लगायतले पछिल्लो समयमा मधुमेह महामारी जस्तै फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गान्धी ग्लोबल फेमिली नेपाल, नेपाल भारत मानव विकास एवं मैत्री संघ, नेपाल भारत मैत्री जन जागरण अभियानले वीरगञ्जको आशाराम हस्पिटलसँगको सहकार्यमा एकदिने शिविरको आयोजना गरेको हो ।

शिविरमा मधुमेह भएको नभएको पत्ता लगाउन रगत परीक्षण गर्नुको साथै मधुमेहको संक्रमण भेटिएका विरामीहरुलाई ६ महिना सम्मको औषधी निशुल्क वितरण गर्ने अस्पतालका निर्देशक डा. निभा दासले जानकारी दिइन् ।

भारत सरकारको सहयोगमा यसअघि देशका ११ जिल्लामा शिविर सञ्चालन गरेर ३० हजार जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै १० हजार भन्दा बढी विरामीलाई ६ महिनाको औषधी निःशुल्क वितरण गरिसकिएको अयोजक संस्थाका अध्यक्ष सूर्य भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...