अनुगमनमा गएका थुनिएपछि मन्त्री र सिडिओ कालीमाटी तरकारी बजारमा



हाम्रो इकोनोमि

 

बिहान कालीमाटी तरकारी बजारमा अनुगमनका क्रममा उत्पन्न विवाद समाधान गर्न मन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले तरकारी बजार पुगेको छ।

 

सरकारी अनुगमन टोली व्यापारीको नियन्त्रणमा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालीमाटी तरकारी बजार गएको मन्त्रालयले जनाएको छ। सोमबार बिहान तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीहरूले नियन्त्रणमा लिएका थिए।
व्यापारीको नियन्त्रणमा रहेको सरकारी अनुगमन टोलीका सदस्यहरूलाई प्रहरीले उद्दार गरेको छ।

 

अनुगमन टोलीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र व्यापारी विमल ढुंगानालाई पक्राउ गरेको छ। पक्राउ परेका दुई व्यापारीलाई महानगरीय प्रहरी परिसर टेकु लगिएको छ।

 

अनुगमनमा उत्पन्न तनाव समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र प्रमुख जिल्ला अधिकारी आचार्य तरकारी बजार पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...