महिलामाथि जङ्गलमा बलात्कार प्रयास गर्ने रङ्गेहात पक्राउ



हाम्रो इकोनोमि

 

रुपन्देहीस्थित बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबरजस्ती करणीको प्रयास गर्न खोज्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।

 

महिलाको बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको छ । बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पुर्‍याइ शनिबार बेलुका जबरजस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।

 

प्रहरीले प्युठान जिल्ला रजवार–६ बस्ने अन्दाजी २४ वर्षीय महिलालाई बेहोस अवस्थामा उद्धार गरी लुम्बिनी अञ्चल अस्पतालमा उपचारपश्चात् वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रहरी उपरीक्षक मल्लले पीडित महिलालाई आफन्त बोलाएर जिम्मा लगाइने र प्रहरी नियन्त्रणमा रहेका खनाललाई जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् । घटना शनिबारको भए पनि रुपन्देही प्रहरीले सो सम्बन्धमा ढिलो गरी जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...