माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी



हाम्रो इकोनोमि

 

 

नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्।

 

कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले संसारभरमा भएका विकृतिहरु खोजीखोजी ल्याउने गरिएको बताए। माइतीघर र सडकमा संहिताको विरोध गर्नेहरु नेपाल विरोधी भएको आरोप लगाए।

 

ुहाम्रो समाज अहिले अस्तव्यस्त छ। संसारभरमा भएको विकृति जति खोजीखोजी माइतीघर मण्डलामा र सडकमा ल्याउने काम नेपाल विरोधीहरुले गरिरहेका छन्। नग्न तस्बिर मात्र हो र, मान्छे सिंगै नांगै सडकमा ल्याउने, युवालाई ल्याउने, युवतीलाई ल्याउनेु, बिडारीले थपे, ुयस्तो विकृति भइरहेको हाम्रो देशमा राम्रो राम्रो कुरा पनि भित्रिएछन्।

 

अपराध पिडितलाई संरक्षण गर्ने पनि कानुन आएछन्, यो मण्डलामा प्रदर्शन हुन्छ ? सडकमा प्रदर्शन हुन्छ ? गर्दैनन् तिनीहरु। तिनीहरु नेपालका विरोधी हुन्। तिनीहरु नेपालीका विरीधी हुन्। संविधानका विरोधी हुन्।

 

बिडारीले मौलिक हकमा समावेश गरिएको संहिताको विरोध भएको प्रति आलोचना गरे। राम्रा राम्रा काम नेपालमा पनि हुन लागेको उनले बताए । उनले लागु भएको संहिताको हटाउन कोसेढुंगा हुने बताए।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...