राजनीति

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनजनाको डिएनए परीक्षण शुरु

प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरेको छ । गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया  निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीनजना शंकाको दायरामा परेपछि