निर्मला हत्या प्रकरण, दोषी प्रहरीले नै संरक्षण गरिराखेको छ : अधिवक्ता मीरा ढुंगाना



हाम्रो इकोनोमि

 

 अधिकारकर्मी तथा अधिवक्ता मीरा ढुंगाना शनिबार राजधानीमा भएको विशाल प्रदर्शनमा सहभागि भईन् ।

 

कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै भएको देशव्यापी प्रदर्शनका क्रममा आयोजित र्‍यालीमा सहभागि हुँदा ढुंगाना उत्तिकै आक्रोशित र विह्वल देखिइन् ।

 

निर्मला हत्याको अनुसन्धानमा उनी पनि प्रहरीकै कमजोरी देख्छिन् । उनले भनिन्, ‘घटनाबारे प्रहरीलाई जानकारी छैन भन्ने कुरा पत्याउन सकिँदैन ।

 

प्रहरीले हेरेका त्यस्ता केस पनि छन्, जुन प्रहरी अनुसन्धानपछि अभियोजन गर्ने, मुद्दा चलाइरहन आवश्यक छैन, फैसला गर्दिए पनि हुन्छ भनेर प्रस्तुत हुन्छन् ।’

 

निर्मला हत्या प्रकरणमा प्रहरीलाई जानकारी भए पनि बाहिर नल्याएको हो, भन्छिन् उनी । दोषी अहिलेसम्म पक्राउ परेको छैन, उनले अगाडि भनिन्, ‘अनुसन्धानका लागि सरकारले समिति बनायो ।

 

समितिका सदस्यले समेत राजीनामा दिने भनेको कस्तो केस रहेछ ? बुझ्न सकिन्छ । दोषी पत्ता लागेर पनि सार्वजनिक नगरिएको हो भन्ने अनुमान लगाउने ठाउँ प्रशस्त छ । दोषी प्रहरीले नै संरक्षण गरिराखेको छ ।’

 

उनले बालिका बढी बलात्कारको सिकार भइरहेको सन्दर्भमा यसो भनिन्, ‘साबालक भइसकेका व्यक्तिले बुझ्न सक्छन् ।

 

आफ्नो सुरक्षाबारे उनीहरु सचेत हुन सक्छन् । बालिकालाई त्यस किसिमका ज्ञान नभएकाले उनीहरु बढी हिंसामा पर्ने गर्छन् ।’

 

उनका अनुसार नेपाली समाजमा पनि महिला र बालबालिकालाई हेर्ने दृष्टिकोण गलत छ । उनले राज्य अझै पितृसत्तात्मक सोचले गाइडेड छ, भनिन् ।

 

महिला र बालबालिकालाई हेर्ने जुन परम्परा छ, त्यही कारणले पनि बालिका बलात्कृत हुने,  र महिलामाथि हिंसात्मक घटना बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...