मुख्यमन्त्री राउतले उपेन्द्र यादवलाई दिए यस्तो चेतावनी, छिटै सरकार छोडनुस, नत्र तराई बल्छ



 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टी नेतृत्वलाई संघिय सरकारबाट फिर्ता आउन आग्रह गरेका छन् ।

 

मुख्यमन्त्री राउतले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

 

अहिले देशमा महिला हिंसाका घटनाको बृद्दिदर र निर्मला प्रकरणमा सरकारले चित्त बुझ्दो काम गर्न नसकेको भन्दै पार्टी र जनताको सम्मान गर्दे सरकारबाट फिर्ता हुनु पर्ने राउतले जनाएका छन् ।

 

नियमित कार्यकर्ता भेटघाटका क्रममा मुख्यमन्त्री राउतले मधेस मुद्धा भनेको निरन्तर चलिरहने र यो एक आन्दोलन भएकाले मधेसी जनताले एक न एक दिन अधिकार पाएरै छाड्ने बताउदै महिलामाथि भएका जघन्य अपराध नियन्त्रण गर्न नसक्ने निम्छरो सरकारमा बसि रहनुको कुनै अर्थ नभएको जिकिर गरे ।

 

राउतले सरकारमा फोरम लम्पसार परेर बसि रहने हो भने अर्को चुनावमा पार्टीको हालत कसैले सुधार्न नसक्नेसम्मको बन्ने ठोकुवा गरे ।

 

स्रोतका अनुसार राउतले रकारका पछिल्ला गतिविधिलाई नजिकबाट नियाली रहेको र यो सरकारबाट समस्याको हल ननिस्कने समेत जनाउदै आएका छन् ।

बल्न छाडे ‘सिक्स लेन’का सडक बत्ती, दुई करोड लगानी डेढ वर्षमा स्वाहा

निर्माणाधीन बुटवल–बेलहिया ‘सिक्स लेन’ सडकमा डेढ वर्षअगाडि १ सय ५० सौर्य बत्ती जडान गरिएको थियो । ती सौर्य बत्तीमध्ये आधाजसो अहिले बल्न छाडिसकेका छन् ।

८० वटा बत्ती बल्छन् । त्यसमध्ये पनि केही बत्ती छिनभरका लागि बलेर झ्याप्पै निभिहाल्छन् ।

सडकमा दुई करोड खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि देखाउनका लागि मात्र बत्ती जडान गरिएको रहेछ भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

बत्ती एक छिनका लागि बल्ने र झ्याप्पै निभिहाल्ने भएकाले ‘हर्ष न विस्मत’ भएको बुटवलका सुरज काफ्ले बताउँछन् ।

‘बत्ती त छ, तर छ कि छैन भन्ने ?’ उनले भने, ‘सौर्य बत्ती गुणस्तरीय नभएको हुनसक्छ ।’

 

बल्ने केहीले पनि जुनकिरीजस्तै मधुरो उज्यालो दिन्छन् । बुटवल–बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठ सिक्स लेन सडकमा जडान गरिएका सौर्य बत्ती योजना सफल हुन नसकेको बताउँछन् ।

उनले भने, ‘सौर्य बत्तीले यो सडकका लागि सफल हुने देखिएन । अब बन्ने क्षेत्रमा नयाँ विकल्पका बारेमा सोच्नुपर्ने देखियो ।’

 

नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले डेढ वर्ष अगाडि दुई करोड रूपैयाँ लगानीमा बत्ती जडान गरेको थियो ।

३५ मिटरको दुरीमा सडक बत्ती राखिएको छ । एउटा सोलारमा दायाँ र बायाँतर्फ दुईवटा बल्ब राखिएका छन् । जहाँ एउटा मात्र सोलारबाट चार्ज हुने एउटा मात्र ब्याट्री छ ।

 

श्रेष्ठ भन्छन्– ‘एउटा पोलमा दुईवटा बल्ब दायाँ–बायाँ भएको जोड्दा समस्या देखियो । एउटा पोलमा एउटा मात्र बल्ब भएको भए टिकाउन हुने थियो कि ?’

जडान गरिएका बत्ती स्वचालित हुन् । अध्यारो हुँदै गएपछि आफैँ बल्ने उज्यालो हुँदै गएपछि निभ्ने गर्छन् । अहिले बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म पनि सौर्य बत्ती जडान गरिएको छ ।

 

त्यहाँ जडान गरिएका बत्ती पनि बिग्रिन थालेका छन् । महेश निर्माण सेवा प्रालिका प्रमुख मनोज खनाल एउटा पोलमा दुईवटा बत्ती राख्दा समस्या देखिएको बताउँछन् ।

‘सडकअनुसार राखेको भए हुने हो । हामीलाई दुईवटा लाइटवाला जडान गर्ने भनेर ठेक्का भयो । हामीले त्यहीअुनसार ६०/६० वाटका बत्ती जडान गरेका हौं ।

सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दूरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले शुरूदेखि नै उज्यालो पर्याप्त थिएन ।

 

दुई वर्षको ग्यारेन्टी सहित जडान गरिएका बत्ती धमाधम बिग्रिएपछि कम्पनीले एक पटक सबै बत्तीका बल्बहरू फेरिसकेको बताएको छ ।

जडान गरिएका सबै बत्ती भारतीय कम्पनीका हुन् ।

 

बुटवल–बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता कायम राख्ने उद्देश्यका साथ राखिएका सडक बत्ती प्राविधिक रूपमा असफल भएपछि सडक विस्तार आयोजना विद्युत् प्राधिकरणसँग छलफल गरी विद्युतीय बत्ती जडान गर्ने सोचमा पुगेको छ ।

 

इञ्जिनियर श्रेष्ठले थपे, ‘बुटवल मात्र होइन काठमाडौंमा जडान गरिएका बत्ती पनि बिग्रिएको सुनेका छौं । अब हामी नयाँ सोचका साथ अगाडि बढ्छौं । विद्युत प्राधिकरणसँग सहकार्य गरेर अबका क्षेत्रमा विद्युतीय बत्ती जडान गर्ने अवस्थामा पुगियो ।’

 

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गका रूपमा आधुनिक र फराकिलो बनाउने काम भइरहेको छ । २७ किलोमिटरमध्ये अहिलेसम्म झण्डै २० किलोमिटर सडक निर्माण पूरा भएको छ ।

 

बुटवल बजार क्षेत्र (चौराहा–गोलपार्क)सम्मको सडकमा जडान गरिएका सौर्य बत्ती पनि मधुरा छन् । उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन सडक बत्ती जडान गरिएका थिए ।

 

एपेक्स नेपालले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरेको हो । सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्ड राखेको छ ।

 

व्यावसायिक विज्ञापनका सामग्री राखेबापत बुटवल उपमहानगरपालिकालाई एपेक्स प्रालिले वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर पनि बुझाउने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

 

उपमहानगर र एपेक्स प्रालिबीच हालै १५ वर्षका लागि सम्झौता भएको छ । बुटवलका भित्री सडकमा पनि सौर्य बत्ती जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्