नेकपाका अधिकांश जनवर्गीय संगठनमा नेतृत्व विवाद कायमै, को -को छन् संगठनका दावेदार ?



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ ।

भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो । दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि एकताका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाउन सकेको छैन ।

मुख्य जनवर्गीय संगठन युवा, विद्यार्थी र महिलामा नेतृत्वका विवादले एकता प्रक्रिया लम्बिएको छ । ती संगठनको एकताका लागि गठित कार्यदलले संगठनको नाममा सहमति गरे पनि नेतृत्वमा सहमतिका लागि पटक–पटक बैठक बस्दा समेत टुङ्गो लगाउन सकेको छैन ।

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) बीच गत शुक्रबार युवा संगठनको कार्यदलमा नामका विषयमा करीब करीब सहमति भए पनि नेतृत्वका विषयमा भने सहमति नभएको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । युवा संगठनको नेतृत्व र झण्डामा पनि विवाद छ ।

‘राष्ट्रिय युवा संगठन नेपाल’ र ‘युवा संगठन नेपाल’ नाममध्ये एक राख्नेमा सहमति भएको छ । वाइसीएलले ‘राष्ट्रिय युवा संगठन नेपाल’ र युवा संघ नेपालले ‘युवा संगठन नेपाल’ प्रस्ताव गरेका छन् । उक्त संगठनको केन्द्रीय कमिटी ३५१ सदस्यीय र स्थापना दिवस २००८ जेठ १ गते हुने कुरामा सहमति भएको छ ।

नेतृत्वमा वाइसीएलका अध्यक्ष सापकोटा र युवा संघका अध्यक्ष रमेश पौडेलको दाबी छ । यसैगरी अर्को विद्यार्थीको जनवर्गीय संगठनमा पनि नेतृत्वमा सहमति हुन सकेको छैन । नाममा ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्वमा विवाद हुँदै आएको छ ।

चार सय ९९ सदस्यीय कमिटी निर्माण गर्ने अनेरास्ववियुको नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महरको दाबी छ । कार्यदलका सदस्य तामाङले नेतृत्वको विवाद पार्टी नेतृत्वलाई सुल्झाउने गरी चाँडै नै प्रतिवेदन पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई बुझाउने बताए।

यसैगरी महिला संगठनमा पनि नेतृत्वमा सहमति हुनसकेको छैन । उक्त संगठनको कार्यदलकी सदस्य गोमा देवकोटाका अनुसार आज ४७५ जनाको केन्द्रीय कमिटीमा सहमति भए पनि प्रतिनिधित्वको संख्यामा भागबण्डा भने हुनसकेको छैन ।

नयाँ बन्ने संगठनको अध्यक्षमा अनेमसंघ (क्रान्तिकारी) बाट अमृता थापामगर र अनेमसंघबाट सीता पौडेल र राधा ज्ञवालीको दाबी छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते मदन–जीवराज स्मृति दिवसका दिन एकता भएसँगै तल्ला तहको एकता तीन महिनाभित्र गरिसक्ने बताइएको थियो ।

पहिलो पटक भदौ ५ गतेभित्र पार्टी एकता गर्ने भनिए पनि कसैले पनि प्रतिवेदन नबुझाएपछि भदौ मसान्तका लागि भाखा सारिएको थियो तर भदौ मसान्तमा पनि नेतृत्वमा विवाद आएपछि एकता प्रक्रिया असोजसम्म पुग्ने बताइएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा असोज मसान्तसम्म एकता प्रक्रिया टुङ्ग्याउने बताएका छन् ।

अहिलेसम्म इञ्जिनियर र निर्माण व्यवसायीको मात्र एकता भएको छ । प्रदेश नंं १ र २ ले पनि एकताका लागि अझै प्रतिवेदन बुझाएका छैनन् । प्रेस संगठन नेपाल, जनसांस्कृतिक महासंघ नेपालले पनि प्रतिवेदन बुझाए पनि नेतृत्वमा भने विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्