मन्त्री विना मगरमाथि गगनले गरे यस्तो प्रश्न



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले खानेपानी तथा सरसफाई मन्त्रालयले अझैसम्म विधेयक नल्याएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

खानेपानी मन्त्रालयको कमाण्ड नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी कान्छी बुहारी विना मगरले सम्हालिरहेकी छिन्। विनाले सम्हालेको मन्त्रालयले काम नगरेको भन्दै गगनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हकलाई कार्यान्वयनका निम्ति आवश्यक विधेयक संसदमा आएको छैन्। खानेपानी तथा सरसफाई मन्त्रालयले विधेयक अगाडि सार्नुपर्ने हो। मैले थाहा पाएसम्म मन्त्रालयले यसमा कुनै पनि काम गरेको छैन्। यो एउटा छुट्नेवाला छ। यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

पछिल्लो समय मन्त्री मगरले उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना गरेको छ। मन्त्रिपरिषदमा पनि उनले सन्तोषजनक काम नगरेको भन्दै चर्चा हुने गरेको छ।

यस्तो छ गगन थापाको ध्यानाकर्षण 

मौलिक हकलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक विधेयकहरु ३ वर्षभित्र सदनबाट पारित गरिसक्नुपर्ने सन्दर्भमा हामीले करिब करिब समयभित्र सबै सम्पन्न गर्ने ठाउँमा पुगेका छौं। यसका निम्ति कानुन मन्त्रालय, संसद सचिवालयका साथीहरुको मेहनत प्रशंसनीय छ। र म नेपाल सरकारको फेरि ध्यानाकर्षण गराउन चाहन्छु कि नेपालको संविधान धारा ३५ (४) को प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ, यो हकलाई कार्यान्वयनका निम्ति आवश्यक विधेयक संसदमा आएको छैन। स्वास्थ्यको हक अन्तर्गत रहेतापनि अहिले कार्यविभाजनका हिसाबले खानेपानी तथा सरसफाई मन्त्रालयले विधेयक अगाडि सार्नुपर्ने हो। मैले थाहा पाएसम्म मन्त्रालयले यसमा कुनै पनि काम गरेको छैन्। यो एउटा छुट्नेवाला छ। यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...