राजनीति

राजपा अध्यक्ष मण्डलको संयोजक बने राजेन्द्र महतो

  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।  मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।