हिन्दूधर्मविरुद्ध उत्रिए कांग्रेस तेस्रो वरीयताका यी शीर्ष नेता, आफ्नै मतदाता उत्रिए विरोधमा



 

नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट रेल्वेको उद्घाटन गराइए दुर्भाग्य हुने भन्दै विरोधमा उत्रिएका छन् ।

 

राजधानीस्थित आफ्नै निवासमा बुधबार साँझ अकस्मात पत्रकार सम्मेलन गरेर निधिनले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य हुने बताएका हुन् ।

 

निधिले आदित्यनाथलाई नेपाल नआउन पनि चेतावनी दिएका छन् । हिन्दू धर्मको पक्षमा आफू नरहेको भन्दै कांग्रेसका नेता निधिले हिन्दू धर्म मान्ने आदित्यनाथलाई रोक्न विभिन्न प्रपञ्च आपनाएका छन् ।

 

योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आएका बेला मुख्यमन्त्री योगी र भारतीय उद्योग वाणिज्य तथा नगारिक उड्ययनमन्त्री सुरेश प्रभुले जयनगर–जनकपुर–कुर्था ब्रोडगेज रेल्वेखण्डको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । सो कार्यक्रमको कांग्रेसका उपसभापति निधिले विरोध गरेका हुन् ।

 

राज्यको एउटा मुख्यमन्त्रीलाई ल्याएर मुलुकै दुरगामी प्रभाव पार्ने ठूलो आयोजनाको उद्घाटन गराउने कार्य आपत्तिजनक भएको निधिले बताए । यसका बारेमा सार्वजनिक रुपमा केन्द्रीय सरकारले नै जानकारी गराउन उनले माग गरे ।

 

नेपालमा योगी आदित्यनाथ आउनु आपत्तिको कुरा नभएको भन्दै उपसभापति निधिले भने, ‘योगी आदित्यनाथको पृष्ठभूमि हेर्दा नेपालमा राजतन्त्र र हिन्दूराज्य पुनर्बहालीका लागि जुटेको पाइन्छ ।’

 

‘नेपाल सरकारले उनैलाई प्रमुख आथित्यको रुपमा किन निमन्त्रणा गरियो ?’, निधिले प्रश्न गर्दै भनेका छन्, ‘बाहिर प्रचार भएजस्तै उनलाई निमन्त्रणा गरेर कार्यक्रम राखिएको हो भने नेपालका लागि लज्जास्पद र अपाच्यको विषय हो ।’

 

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको गणतन्त्र दिवसका लागि विशेष अतिथिको रुपमा जानसमेत अनुमति दिएको जानकारी आफूले प्राप्त गरेको उपसभापति निधिले बताएका छन् ।

 

‘केपी ओली नेतृत्वको यो सरकार संघीयता विरोधी त देखिएकै थियो’, उनले भने, ‘गणतन्त्र पनि नचाहेको सन्देश दिन खोजिरहेको छ ।’

 

कांग्रेसका उपसभापति निधिले भनेका छन्, ‘केन्द्रीय सरकार संघीयता र गणतन्त्र कमजोर बनाउने गतिविधि गरिरहँदा प्रदेश नम्बर २ को सरकार पनि त्यसको पुच्छर बनेर सहयोगी बनिरहेको छ ।’

 

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले हिन्दू राष्ट्रको पक्षमा अभिव्यक्ति दिइरहेका बेला उपसभापति निधिले हिन्दू धर्मको विरोधमा उत्रिएका हुन् ।

 

भारतीय महिलालाई नेपाली नागरिकता दिने को हो कांग्रेस नेता चिनौँ सबैले

नेपाली कांग्रेसका नेता प्रकाश खडकाले भारतीय महिलालाई नेपाली नागरिकता दिलाएको तथ्य फेलापरेको छ । त्रियुगा नगरपालिकाका वडा अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका नेता खडकाले आर्थिक प्रलोभनमा परी भारतीय महिलालाई नेपाली नागरिकता दिलाएका हुन ।

 

प्रहरीका अनुसार खड्काको सिफारिसमा भारतीय महिला लजिना खातुनले नेपाली नागरिकता पाएकी छन । खातुनले नेपाली नागरिकता पाएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेपछि यो तथ्य बाहिर आएको हो ।

 

छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान समेत लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय नागरिक लजिनाले नेपाली नागरिकता लिएकी थिइन् ।

 

भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो । स्थानीय प्रशासनले यस बिषयमा छानविन अघि बढाइएको बताएको छ ।

 

जुटेन्न् कांग्रेस विधानमा सहमति: विकल्पसहित केन्द्रीय समितिमा पेस गर्ने तयारी

नेपाली कांग्रेसको नयाँ विधानमा राख्ने प्रावधानबारे केही मूल विषयमा सहमति नजुट्दा विकल्पसहितको मस्यौदालाई विधान समितिले पार्टीको केन्द्रीय समितिमा बुझाउने तयारी गरेको छ ।

 

हाल विधान समितिले मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको विधान तयार पारिरहेको छ । विधानमा केन्द्रमा रहने पदाधिकारी संख्या, पदाधिकारीको निर्वाचन प्रक्रिया, विभिन्न विभागको गठन, सभापतिको अधिकारसहित सदस्यता वितरण र विशेष अवस्थाको व्याख्याबारे सहमति जुट्न सकेको छैन ।

 

सो बारे जानकारी लिन कांग्रेसले ९ मंसिरका लागि केन्द्रीय समिति बैठकसमेत डाकेको छ । सो बैठकमा विधान समितिले विधानको मस्यौदासमेत बुझाउनेछ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले विधानमा राख्ने प्रावधानका केही विषयमा समान धारणा नभएकाले केन्द्रीय समितिमा सो बारे छलफल हुने जनाए ।

 

‘विधानमा राख्ने प्रावधानका विषयमा अन्तिम सहमति हुन बाँकी छ, विभिन्न विकल्पसहितका प्रावधानहरू आएका छन्, अब केन्द्रीय समितिमा विकल्पसहितको मस्यौदा आउँछ र त्यहीँ छलफल हुन्छ,’ उपसभापति निधिले भने ।

 

विधान समितिका प्रवक्ता रमेश लेखकले विधानमा समावेश गर्ने केही विषयमा अघिल्ला बैठकहरूमा केही फरक कुरा आएको जनाए ।

 

‘विधानमा खासगरी सदस्यता वितरण र पदाधिकारीका विषयमा केही फरक धारणा आएका छन्, अबको बैठकबाट हामी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौं,’ प्रवक्ता लेखकले भने । विधान समितिको बैठक तिहारयता बस्न सकेको छैन ।

 

सभापति शेरबहादुर देउवा निकट नेताहरू विधानमा सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने र केही पदाधिकारी निर्वाचनमार्फत र केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्नुपर्ने पक्षमा छन्।

 

यस्तै संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचन प्रक्रियामार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छन्। विधान समितिका सदस्य प्रदीप पौडेलले पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समिति तथा विशेष अवस्थाको व्याख्याका विषयमा कुरा नमिलेको जनाए ।

 

‘पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समितिसहित विशेष अवस्थाको व्याख्याबारे कुरा मिल्न बाँकी छ,’ नेता पौडेलले भने । उनले बिहीबार बिहान ११ बजेका लागि समितिको बैठक बोलाइएको समेत जानकारी दिए ।

 

केन्द्रीय समितिको आकारका विषयमा भने लगभग सहमति जुटिसकेको छ । जसअनुसार कांग्रेस केन्द्रीय समिति १२५ सदस्यीय हुने लगभग टुंगिएको छ ।

 

कांग्रेसभित्रको संस्थापन पक्ष संसदीय समितिसमेत मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छ भने संस्थापनइतर पक्ष संसदीय समिति निर्वाचनको टिकट बाँड्ने समिति भएकाले महŒवपूर्ण हुने भन्दै निर्वाचन प्रक्रियामार्फत नै चयन गर्ने गरी विधानमा व्यवस्था गरिनुपर्ने पक्षमा छ ।

 

नयाँ विधानमा वरिष्ठ नेतासहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव आएको छ भने केहीले पदाधिकारी संख्या बढाउन नहुने धारणा राखिरहेका छन् । तर निर्वाचित र मनोनीत पदबारे भने तय भएको छैन । यसैगरी, पार्टीको केन्द्रीय समिति पनि १२१ देखि १३१ सम्म रहने गरी प्रस्ताव गरिएको थियो । हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ ।

 

यस्तै केन्द्रीय समितिमा सबै निर्वाचित गर्ने वा १५ प्रतिशत मनोनीत गर्ने भन्ने विकल्पसमेत आएको छ । संसदीय समितिमा बढी जसो निर्वाचित र केही मनोनीतको प्रस्ताव आएको छ ।

 

यसैगरी, अनुशासन समितिमा संयोजकसहित केही सदस्य निर्वाचित गर्ने वा मनोनीत गर्ने भन्ने प्रस्ताव छ । यस्तै सदस्यता वितरण पुरानै राख्ने कि फरक व्यवस्था अपनाउने भन्नेमा समेत फरक धारणा आएका छन् ।

 

पार्टीको संरचनासमेत मतदान केन्द्र कमिटीदेखि केन्द्रीय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ । सबैभन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको छ ।

 

शीर्ष नेतालाई जिल्ला नजान निर्देशन
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई केही दिन जिल्ला नजान निर्देशन दिएका छन् ।

 

उनले विधानका विषयमा केन्द्रीय समितिमा छलफल गरेर जतिसक्दो छिटो विधानको मस्यौदालाई अन्तिम रूप दिनुपर्ने भएकाले समयलाई ध्यान दिँदै केही दिन जिल्ला नजान भनेका हुन् । बुधबारको अनौपचारिक बैठकमा नेताहरूबीच ९ गते केन्द्रीय समिति बैठक बस्ने, सो बैठकमा विधान समितिले विधानको मस्यौदा बुझाउने र दुई दिन केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न दिएर १२ मंसिरबाट केही धारणा भए राख्न समय दिइने सहमति भएको छ ।

 

त्यसपछि २० देखि २१ मंसिरसम्म विधानसहितका सबै विषयलाई टुंग्याएर विभिन्न दस्तावेजहरू प्रकाशन गरिने र २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकमा सबै विषयलाई लैजाने सहमति भएको हो ।महासमितिमा विधानबाहेक राजनीतिक दस्तावेज, आर्थिक दस्तावेज, महामन्त्रीको सांगठनिक दस्तावेज र कोषाध्यक्षको अर्थनीतिसम्बन्धी दस्तावेज प्रस्तुत गरिनेछ ।

 

बुधबारको अनौपचारिक बैठकमा सभापति देउवासहित, वरिष्ठ नेता रामचन्द्र पौडेल, विधान समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्कासहितका अन्य केही शीर्ष नेता सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी र गिरीबन्धु भनेर कराउने दिन नआओस् : ज्ञानेन्द्र शाही

    राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह

ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा उद्योग व्यवसायीलाई किन शुल्क नतिराएको : पदम गिरी

    नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा

बागमतीकाे मुख्यमन्त्रीमा बहादुर सिहं लामाकाे दाबी

    बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेश गरेका

बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल

    बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ