हुसेन हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन, गृहमन्त्री थापाको  राजीनामा माग



 

सुनसरीको दुहबी नगरपालिका ९ का महम्मद फिदा हुसेनको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै बिहीबार पनि प्रदर्शन भएको छ । बुधवार बिहान साढे ६ बजे दुहबी नगरपालिका ९ रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षका हुसेनको गोली हानी हत्या भएको थियो ।हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासी बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् ।

 

बुधवार मृतका आफन्त सहित सुनसरीका संसद पाँच बुदे माग राखेर आन्दोलनमा उत्रिएका थिए । मृतकका आफन्तले उठाएको माग सम्बोधन नभए सम्म शवको अन्तष्तुष्टि नगर्ने दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जानकारी दिए । ‘हामीले हिजै सरकार समक्ष पाँच बुँदे माग बुझाएका छौं’, उनले भने ‘माग सम्बोधन नभए सम्म शवको अन्सन्तुष्टि हुदैन ।’

 

बिहानैदेखि कोशी राजमार्गको दुहबी बजार खण्डमा शव राखेर स्थानीयसबासी आन्दोलनमा उत्रिएको उनले जानकारी दिए । शवसहित स्थानीयबासी आन्दोलनमा उत्रिएपछि कोशी राजमार्गको दुहबी खण्डमा यातायातका साधन चलेका छैनन् ।

 

बुधबार स्थानीय प्रशासनसँग वार्ता भए पनि कुरा नमिलेपछि स्थानीय शवसहित आन्दोलनमा उत्रिएका थिए । बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत मृतकका आफन्त र सुनसरीका केही संसदले प्रधानमन्त्रीसमक्ष ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

 

२४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानूनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसेनलाई सहिद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्री रामबहादुर थापाको   राजीनामा माग गरेका थिए ।

हुसेन हत्याको आशंकामा ६ भारतीय पक्राउ

सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ भारतीय नागरिक पक्राउ परेका छन् ।

 

पक्राउ परेका सबै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको दुहबी–९ मा सञ्चालित उद्योगका सुपरभाइजर हुसेनमाथि बुधबार (आज) बिहान गोली प्रहार भएको थियो ।

 

‘हत्याको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका नागरिक हुन् । थप अनुसन्धान जारी छ’, प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने । हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथि कार्बाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

 

सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेको थियो । आलमका हत्याराको अझै पहिचान हुन सकेको छैन ।

कसले गर्‍यो हुसेनको हत्या ? भारतीय गाडीमा फौजी पोशाकमा रातिराति आउने को थिए ?

सुनसरीको दुहवी नगरपालिका–९ सोनापुरको छाताबेलीस्थित जयबाबा इँटा उद्योग अगाडि मोटरसाइकलमा आएका २ जनाको गोली प्रहारबाट ज्यान गएका फिदा हुसेनको हत्या घटनाले सुनसरीमा थप तरङ्ग ल्याएको छ ।

 

केही महिना अगाडि मात्र हत्या भएका खुर्सिद आलमको हत्यासँग बुधवारको घटनालाई कतिपयले जोडेर हेरेका छन् भने कतियपले रीसइबीपछि हत्या गरिएको हुनसक्ने अनुमान लगाएका छन् ।

 

रामनगरका खुर्सिद अन्सारीको हत्याको ठीक ६० दिनपछि बुधवार बिहान सनुसरीमै अर्का मुस्लिम व्यवसायीको हत्या भएको हो । दुहवीको जयबाबा इँट्टा उद्योगमा व्यवस्थापक रहेका हुसेनलाई २ जना बन्धुकधारीले बिहान साढे ६ बजे गोली हानेका थिए । ३ गोली लागेका भनिएका हुसेनलाई उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

 

हत्या गर्ने अपराधिक समूह भएको हुनसक्ने भनिएपनि कसैले पनि हेल्मेट नलगाएकाले हेल्मेट बिना गाउँसम्म कसरी पुगे भन्ने विषय गम्भीर भएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षण रामनारायण माझीले बताए ।

 

असोज ४ गते रामनगरको भुटाहामा हत्या गरिएका खुर्सिद अन्सारीको हत्या भारतीय बन्दुकधारीले गर्नु र भारतीय नम्बर प्लेटमा आएर हत्या गरिएको थियो । खुर्सिदलाई पटक–पटक सुपुर्दगी गर्न भारतले नेपाललाई आग्रह गरेको सन्दर्भले उनको हत्यालाई शंकास्पद रुपले हेरिएको थियो । अन्सारीको हत्याको छानबिन गर्न गठित एसएसपी किशोर दाहाल नेतृत्वको टोलीले पनि खुर्सिद हत्यारा भारतीय रहेको निष्कर्ष निकालेको थियो ।

 

बुधवार भएको हुसैन हत्याबारे स्थानीय हाजी रमजानले भारतीय हावा नेपालमा भित्रिएको आरोप लगाएका छन् । ‘भारतमा मुस्लिम सक्ने अभियान नेपालमा आएको छ, यसले हामीलाई त्रसित बनाएको छ,’ उनले भने, ‘इन्डियाको हावा नेपालमा आएको छ, नेपालमा मुस्लिमलाई सक्न लागेका छन् ।’

 

हत्या भएका हुसैन सबैको सुखदुःखमा साथ दिने व्यक्ति भएको उनले बताए । पटक–पटक मुस्लिमलाई हत्या गर्न प्रयोग भएका गाडी भारतीय नम्बर प्लेटका भएको र हत्यारा भारतीर नै जानुले मुस्लिमको हत्या भारतीय हात भएको उनले बताए । विभिन्न समयमा हत्या गरेर मुस्लिमलाई त्रास फैलाउन खोजिएका उनको तर्क गरे ।

 

हाजी रमजानले केही दिन अघिदेखि नै गाउँमा भारतीय गाडीमा फौजी पोशाकमै केही व्यक्तिको घुमफिर भइरहेकोबारे प्रहरीलाई जानकारी गराइएको बताए । इन्डियन गाडीमा राति ९–१० बजेको समयमा १५ दिन अघिदेखि नै खनार, छातावेली (जहाँ हुसैनको हत्या भयो) र दुहबी–१ को परास्टोकीमा फैजी पोशाकमा भारतीय गाडीमा रातिराति घुम्ने गरेकोबारे प्रहरीलाई जानकारी गराउँदा समेत वास्ता नगरिएको उनले बताए । ‘मैले सीडीओ, एसपी सा’प सबैलाई यस्तो छ है भनेर जानकारी गराएँ,’ उनले भने, ‘त्यसपछि वडाध्यक्ष आफैले पनि जानकारी गराउनुभएको थियो, हाम्रो कुरा वास्तै गरेनन् ।’

 

हत्याको विषयमा मुस्लिम समुदाय कडा आन्दोलनमा उत्रिने तयारीमा लागेका छन् । गृहमन्त्रीले आएर हत्यारालाई खोजी गरी कानूनी दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदासम्म आन्दोलन जारी रहने जनाइएको छ ।

 

यसरी भयो हत्या

बुधवार बिहान ६ बजेतिर हुसैन दम्पती मर्निङ वाकमा निस्किएका थिए । केहीबेरपछि नजिकै नजरमा पुग्दा हुसैनले पत्नीलाई घर पठाए र आफू इँटाभट्टातिर लागे । तर हुसैन इँटाभट्टा नपुग्दै उनीमाथि गोली प्रहार भयो ।

 

घटना सोनापुर नहर चोकदेखि उत्तरपट्टिको हो । इँटा उद्योगतर्फ गइरहेको बेलामा उनीमाथि कसले गोली चलायो ? अहिलेसम्म अत्तोपत्तो छैन । तर जिल्लाका सुरक्षा अधिकारी अहिले घटनास्थलमा पुगेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख पनि मृतक फिदा हुसैनको घरमा पुगेका छन् ।

 

प्रहरीले हत्याबारे सोधिखोजी गरेको जनाएपनि हालसम्म हत्यारा पक्राउ गर्न सकेको छैन । स्थानीय १ जनाले भागेको बताएपनि गोली हान्ने व्यक्ति कस्ता थिए भन्नेबारे कसैले बताउन सकेको छैन । एउटा मोटरसाइकलमा ३ जना आएको र हिँडिरहेको बेलामा फिदामाथि गोली प्रहार भएको देखिनमा आएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक राजनारायण माझीले घटनामा आएका ३ जनाले गोली हानेर भागेको बताएका छन् । गोली हानेर भाग्दा दक्षिणतिर गएको भए हत्यारा सीमा कटेको हुनसक्ने बताइएपनि गोली प्रहार गर्ने व्यक्ति गोली हानेर पूर्वतिर भागेकाले खोजी भइरहेको माझीले जानकारी दिए । प्रहरीले केही व्यक्तिलाई अनुसन्धानको लागि पक्राउ गरेको जनाएको छ ।

 

दुहबी बजार तनावग्रस्त

हत्यापछि आक्रोशित मृतकका आफन्तले दुुहबी बजार बन्द गराएका छन् भने सडकमा सवारी गुड्न दिएका छैनन् । दुहवी बजार सुनसान छ, कुनै पनि सवारीसाधन केही मोटरसाइकलबाहेक सबै साधन सञ्चालनमा रोक लगाइएको छ ।

 

सुनसरीको दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा हुसैनमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको हो । प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थक बजार बन्द गराउन निस्किएका छन् ।

 

बजार, पसल बन्द गराउन निस्किएको समूहले औषधी पसलमा समेत क्षति पुर्याएको छ । समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएका छन् ।

 

यातायात बन्द

सुनसरीको दुहबीमा गोली प्रहार गरी स्थानीय फिदा हुसैनको हत्यापछि दुहबी बजार बन्द भएपछि  सवारीसाधन विराटनगरको पुष्पलाल चोक हुँदै विराटचोकबाट हिँड्न थालेका छन् । बन्दका कारण मोटरसाइकलबाहेक कुनै पनि सवारीसाधन स्थानीयले आउजाउ गर्न नदिएर बन्द गराएपछि सवारीसाधन विराटनगरबाट नेताचोक हुँदै विराट चोक निस्किएका हुन् ।

 

दुहवीका विभिन्न स्थानमा टायर बालिएको छ । सुरक्षा मध्यनगर गर्दै प्रहरीले व्यापक सुरक्षा परिचालन गरिएको प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको