प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ । १३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुखले मत परिणामसहितको जानकारी शीतल निवास पठाएका हुन्