सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ । जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै  मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरूले प्रदर्शनको क्रममा सर्वपक्षीय सरकार गठनको माग राखेका थिए । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा पनि लिएको थियो ।

यसअघि ढुंगानासहितका युवाहरूले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए । तर प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमति विना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनमा सहभागी आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेको थियो । उक्त समूह अहिले पनि प्रदर्शन जारी राखेको छ । प्रदर्शनकारी अहिले माइतीघरमा भेला भएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...