युवा संघको चुनावमा फर्जी कार्ड



 

 

राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । पोखरा सभागृहमा बिहान १० बजेबाट सुरू निर्वाचनमा फर्जी कार्ड बनाएर भोट हाल्न थालेपछि केहिबेर मतदानसमेत रोकियो ।

रौतहटका प्रतिनिधि शेख जैद आलमको कार्डमा अर्कैले फोटो राखेर भोट हाल्न खोजेपछि अन्य प्रतिनिधिले उनलाई रोकेका थिए । अहिले पुन: भोटिङ सुरू भएको छ । यो प्रकरणपछि डिजिटल कार्डधारी प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ । हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने निर्वाचन आयोगले जनाएको छ । अध्यक्षका उम्मेदवार सुमन पुरीले सामाजिक सञ्जालमार्फत् फर्जी कार्डको विरोध जनाएका छन् ।

‘स्वस्थ प्रतिस्पर्धा यही हो त ? एकजना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ । कार्डमा फोटो टाँसिन्छ । यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ । पछि प्रतिनिधि व्यवस्थापनले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ? उनले लेखेका छन् । बिहान १० बजेबाट सुरू मतदानमा १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कुल १७६४ प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो