मुख्य खबर

रक्षामन्त्री ईश्वर पोखरेलद्वारा काठमाडौं तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको अवलोकन

तराईलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको काठमाडौं तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको रक्षामन्त्री ईश्वर पोखरेलले अवलोकन गर्नुभएको छ । बहुप्रतिक्षीत राष्ट्रिय गौरवको उक्त आयोजनाको स्थलगत अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले आगामी चार वर्षेभित्रै कार्य सम्पन्न गर्नेगरि जुट्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।