संवैधानिक परिषद्को बैठक सम्पन्न, दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश
संवैधानिक परिषद्को बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी छन् ।