ट्रम्प र किमले गरेको चार बुंदे सम्झौताको यस्तो छ पूर्णपाठ



हाम्रो इकोनोमि

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र लोकतान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच १२ जुन २०१८ मा पहिलो र ऐतिहासिक शिखरवार्ता भयो।

अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले विस्तृत, गहिरो र व्यापक छलफल गर्नुभयो। राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टीको वाचा गर्नुभएको छ भने अध्यक्ष किम जोङ उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निशस्त्रीकरणको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ।

अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्धको स्थापनाले कोरियाली प्रायद्वीप र विश्वकै शान्ति र समृद्धिमा योगदान दिने कुरामा विश्वस्त हुँदै र आपसी विश्वास निर्माणले कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणलाई प्रबद्र्धन गर्न सक्ने कुरामा सहमत हुँदै राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले निम्न भनाइ राख्नुभयोः

१. अमेरिका र उत्तर कोरियाले दुई देशका जनताको चाहनाअनुरुप शान्ति र समृद्धिका लागि नयाँ अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापनाको प्रतिबद्धता गरिन्छ।

२. अमेरिका र उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी र मजबुत शान्तिपूर्ण शासन व्यवस्था निर्माणको प्रयासमा सामेल हुनेछन्।

३. २७ अप्रिल २०१८ को पान्मुन्जोम घोषणाप्रति प्रतिबद्ध रहँदै उत्तर कोरिया कोरियाली प्रायद्वीपको पूर्ण रुपमा आणविक निशस्त्रीकरणतर्फ कार्य गर्ने प्रतिबद्धता गर्दछ।

४. अमेरिका र उत्तर कोरिया युद्धबन्दी रिहा गर्ने प्रतिबद्धता गर्दछन्। यसअघि नै पहिचान भइसकेका त्यस्ता बन्दीलाई तत्काल स्वदेश पठाइनेछ।

इतिहासमै पहिलो अमेरिका–उत्तर कोरिया शिखरवार्ता महान महत्वको युगान्तकारी घटना थियो। दशकौँको तनाव र शत्रुतालाई छोड्दै दुई देशबीचको यो वार्ता नयाँ भविष्यको सुरुवात हो। यस्तोमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले संयुक्त वक्तव्यलाई पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता गर्नुभएको छ। अमेरिका र उत्तर कोरिया यसपछिका छलफललाई निरन्तरता दिने प्रतिबद्धता गर्दछ, जसको नेतृत्व अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाका तर्फबाट सान्दर्भिक उच्चाधिकारीले गर्नुहुनेछ। अमेरिका–उत्तर कोरिया शिखरवार्ताको परिणामलाई लागू गर्न सकेसम्म चाँडो सो वार्ता हुनेछ।

राष्ट्रपति डोनाल्ड जे ट्रम्प र किम जोङ उनले अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध विकासका लागि सहकार्य गर्ने तथा कोरियाली प्रायद्वीप र विश्वको शान्ति, समृद्धि र सुरक्षाको प्रबद्र्धन गर्ने प्रतिबद्धता गर्नुभएको छ।

१२ जुन, २०१८
सेन्टोसा टापु

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...