मोदीले आफूलाई भारत भ्रमणमा बोलाएको भन्दै भारत र चीन भ्रमणमा जाने प्रचण्डको तयारी,आँखिर किन बोलाए मोदीले



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने तयारी गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले मंगलबार गरेको कार्यक्रममा उनले त्यसको पुष्टी गर्दै आफू विकासको एजेण्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको जानकारी दिए ।

आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको मात्रै एजेण्डा भारत भ्रमण गर्न निम्ता दिएको बताउँदै आफू त्यसको तयारीमा रहेको प्रचण्डले बताए

। मोदी काठमाडौं आएका बेला आफूलाई भारत भ्रमणमा बोलाएको भन्दै उनले अघि भने ‘मलाई भारतीय प्रधानमन्त्रीले एकचोटी विकासको एजेण्डामा मात्र कुरा गर्न समय मिलाएर आउनुस् भन्नुभएको छ, र म जाने तयारीमा छु ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू चीन जाने पनि बताए । प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने पनि बताए । ‘हाम्रो प्रधानमन्त्री चीन चीन भ्रमण जाँदै हुनुहुन्छ ।

उहाँको चीन भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतमा तपाई पनि तयारी गर्नुस् भनेर चिनियाँ कम्युनिष्ट पार्टीको निम्ता आइ नै सकेको छ’ प्रचण्डले भने ।

उनले नेपालमा भारत र चीनले एक/एक वटा ऐतिहासिक योजना निर्माण गरोस् भन्ने एजेण्डा लिएर ती देशको भ्रमणमा जाने बताए ।

बजेटले चौथो वर्ष उडान गर्छ

प्रचण्डले स्थिर सरकारले ल्याएको बजेट विगतको नौ महिने सरकारहरुले ल्याउने बजेटजस्तो नहुने टिप्पणी गरे । छोटो अवधिको सरकारले लोकप्रिय कार्यक्रम ल्याएर तत्काल भोट तान्ने योजना बनाए पनि ५ वर्षका लागि बनेको सरकारले मुलुकको आर्थिक अवस्था हेरेर बजेट बनाएको बताए ।

‘विगतमा मौका पाएको बेलामा जनतालाई संवेदनशील बनाएर, भावु्क बनाएर दुई चारवटा लोकपि्रय कार्यक्रम ल्याएर भोट तथानिहालौं भन्ने थियो’ उनले भने ‘५ वर्ष जाने सरकारले देशको आर्थिक अवस्था हेरेर, राष्ट्रप्रति जिम्मेवार भएर बनाएको बजेट र छिटै लोकपि्रय हुन बनाएको बजेट फरक हुन्छ ।

अहिलेको सरकारले पहिलो वर्ष एक नम्बर, दोस्रो वर्ष २ नम्बर, तेस्रो नम्बर तीन नम्बर गियरमा गुड्ने र चौथो वर्षमा उडान गर्ने प्रचण्डले दावी गरे । ‘पहिला एक नम्बर गियर, अर्को वर्ष दुई नम्बर गियर, तेस्रो वर्ष तीन नम्बर गियर र त्यसपछि उडान भर्दा त जनताले देखिहाल्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्