सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि बढ्नु पर्ने बताउनुभएको छ । पाँच वर्षअघि आफूले नेकपाको ‘क्लाइमेक्स र कोल्याप्स’को समय आएको चेतावनी दिएको स्मरण गराउँदै उहाँले अहिले त्यही अवस्था आएको उल्लेख गर्नु भएको छ । उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुँदा वाम शक्तिहरू एकीकृत भएसँगै जनतामा अभूतपूर्व उत्साह देखिएको उल्लेख गर्दै विचार, संगठन र व्यवहार दुई नेताको अधीनमा सीमित भएकाले एकताको आधार कमजोर बनेको बताउनुभएको छ ।

उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवबाट पनि पर्याप्त पाठ नसिकिएको टिप्पणी गर्नुभएको छ । सोभियत संघबाट आवश्यक पाठ ग्रहण नगरेको र चिनियाँ मोडेलको नक्कल गर्ने प्रयास समेत सफल हुन नसकेको उहाँको धारणा छ ।

बास्कोटाले अहिलेको कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त नभएको तर समयमै सच्याउन नसके भविष्यमा पुनः गम्भीर सङ्कटमा पर्न सक्ने चेतावनी दिनुभएको छ । उहाँले विचार, संगठन र व्यवहारलाई सुदृढ बनाउँदै आन्दोलनलाई सही दिशामा अघि बढाउन आवश्यक रहेको पनि बताउनुभएको छ । ‘सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ’, उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...