संवैधानिक परिषद्को बैठक सम्पन्न, दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश
संवैधानिक परिषद्को बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी छन् ।
बैठकले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिश गरेको छ । सर्वोच्च अदालत चैत १ गतेदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।
यसअघि न्यायपरिषद्को बैठकले जोशीसहित तीन जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।