मुख्य खबर

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन कागजमै सीमित, मन्त्रालयमा अनुगमन गर्ने निकाय नै छैन

राधादेवी राणा जवालाखेलमा २५ वर्षदेखि चिया पसल गर्दै आइरहेकी छिन् । अरूलाई चिया पिलाउने राणा त्यही चिया बेचेर आएको पैसाबाट आफू चुरोट पिउँछिन् । चुरोट खानु हुँदैन भन्ने राणालाई थाहा छ तर पनि उनमा चुरोट खाने बानी बसिसकेको छ ।