निर्मला पन्त बलात्कार-हत्या अनुसन्धान गर्ने प्रहरीको पोलिग्राफ टेस्ट हुँदै



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ (झुट बोलेको पत्ता लगाउने प्रविधि) परिक्षण गरिएको छ।

डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो।

स्रोतका अुनसार समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने  तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेको छ।

‘फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको छ, तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ,’ स्रोतले  भन्यो।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एसएसपी शैलस थापा क्षेत्रीले जानकारी दिए।

सुरूमा यो घटनाको अनुसन्धान गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो।

प्रहरीले मुख्य अभियु भनी दाबी गरेका दिलिपसिंह बिष्टको डिएनए रिपोर्टपछि प्रहरी प्रधान कार्यालयले समितिको आकार ठूलो बनाएर एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो।

गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो।

सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।

सोही समितिको प्रतिवेदनका आधारमा गृहले निर्मला बलात्कार(हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई निलम्बन गरेको हो।

यसअघिनै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका थिए।

घटनाका बारेमा अनुसन्धान गर्न उनी लगाएत ३ जनाको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...