ड्युटीमा रहेका जवानले आफैलाई किन हाने गोली



हाम्रो इकोनोमि

स्याङ्जामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

स्याङ्जा कारागारमा ड्युटीमा रहेका नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् । उनले च्युँडोमा गोली हानेका थिए ।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले एक जना प्रहरी जवानले ड्युटीमै आफैले आफैलाई गोली हानेको जानकारी दिएका छन् । उनले मृतकका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन् ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा ड्युटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफैलाई हानेका हुन् ।

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएका उनको आज (आइतबार) बिहान करीब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेटमा ड्युटीमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...