समाचार सेयर गरेकै भरमा जागिर चट्



हाम्रो इकोनोमि

 

धनुषाका एक कर्मचारीले संविधानविरोधी समाचारको लिंक समाजिक सञ्जाल फेसबुकमा सेयर गरेको आरोपमा जागिरबाट हात धुनुपरेको गुनासो गरेकी छन्।

 

धनुषा जिल्ला अदालतमा कार्यरत कर्मचारी गुञ्जा रायले असोज ३ गते संविधान दिवसका दिन संविधानविरोधी समाचारको लिंक सेयर गरेको भन्दै अदालबाट निकालिनु परेको दुःखेसो पोखेकी हुन्।

 

०७३ पुस १७ गतेदेखि जिल्ला अदालतको खरिदार (डिठ्ठा) पदमा कार्यरत रहेकी रायले असोज ३ गते मधेसमा ब्ल्याक आउट, प्रदेश २ का मुख्यमन्त्री संविधान दिवसमा सहभागी भएनन् तथा सिके राउतसम्बन्धी समाचार सेयर गरेको भन्दै आफूलाई अदालतले जागिरबाट निकालेको उनको आरोप छ।

 

आइतबार बिहान जनकपुरधामको नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा पत्रकार सम्मेलन गर्दै रायले असोज ४ गते आफूलाई जिल्ला अदालतका श्रेस्तेदार राधाकृष्ण झाले बोलाएर संविधानविरोधी पोस्‍टहरू सेयर किन गरेको भनी मौखिक स्पष्टीकरण लिएको र भोलिपल्ट आफ्नो काममा जाँदा आफूलाई म्याद सकिएको पत्र दिएर घर जान भनेको पत्रकार सम्मेलनमा रायले सुनाइन्।

उनले भनिन्, ‘एउटा न्यायलयमा मानिस आफ्नो न्यायलयमा उच्च मनोबलका साथ न्याय खोज्न जान्छ, तर मलाई न्यायालयबाटै अन्याय भयो म कहाँ जाउँरु’ महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-४ घर स्थायी घर भएकी रायले देशमा लोकतन्त्र आइसके पनि आफ्नो अभिव्यक्ति स्वतन्त्रता, मौलिक अधिकार तथा नागरिक स्वन्त्रताविरुद्ध आफूलाई विनाकारण समाचारको लिंक सेयर गरेको भन्दै जागिरबाट निकालिनु अन्याय भएको बताइन्।

 

उनले भनिन्, ‘मसँगै जागिर पाएका अन्य १० जनामध्ये ९ जनाले हाल पनि काम गरिरहेकै छन्, तर म समाचारको लिंक समाजिक सञ्जाल फेसबुकमा सेयर गरेकै कारण जागिरबाटै निकालिनु अन्याय हो।’ यता, जिल्ला अदालत धनुषाका श्रेस्तेदार राधाकृष्ण झाले गुञ्जा राय करारको कर्मचारी भएको र उनको काम सन्तोषजनक नभएकोले म्याद थप नगरिएको बताए।

 

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...