मुख्य खबर

अमेरिकामा ५ हजार डलरको कमाइ छाडेर आएका युवा नेपालमा दिनमै डेढ लाखसम्म कमाउछन

    अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने । जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने । घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् ।