नेकपा सांसदलाई समिमको जवाफ : कुनै हालतमा पछाडि हट्दिनँ



हाम्रो इकोनोमि

 

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले स्वेच्छिक रुपमा पछि नहट्ने बताएका छन् । नागरिकतामा आफ्नो कारण नभई अरुका कारण प्रश्न उठेको भन्दै छानबिन गर्न चुनौती दिए ।

संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए । तर, अन्सारीले त्यसलाई अस्वीकार गरेका छन् । उनले भने, ‘म कुनै हालतमा ब्याक हुन्न । मैले कुनै त्रुटि गरेको छैन ।’

नागरिकताबारे उठाइएको प्रश्न आफ्नो कारण नभएको उनले बताएका छन् । उनले यसबारे छानविन गर्न सुनुवाई समितिलाई चुनौती दिएका छन् ।
अन्सारीको नागरिकतामा फरक फरक जन्ममिति हुनुका साथै शैक्षिक प्रमाणपत्र भारतीय भेटिएको थियो ।

उनले आयोगको अध्यषमा सिफारिस हुनु दुई दिन अघि नै आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको तर, पार्टीले निर्णय गर्न ढिला गरेको बताएका छन् ।

६ माघमा मुस्लिम आयोगको अध्यक्ष सिफारिस हुँदासम्म उनी नेकपाको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको समानुपातिकको बन्दसूचीमा थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...