नेकपा सांसदलाई समिमको जवाफ : कुनै हालतमा पछाडि हट्दिनँ



हाम्रो इकोनोमि

 

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले स्वेच्छिक रुपमा पछि नहट्ने बताएका छन् । नागरिकतामा आफ्नो कारण नभई अरुका कारण प्रश्न उठेको भन्दै छानबिन गर्न चुनौती दिए ।

संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए । तर, अन्सारीले त्यसलाई अस्वीकार गरेका छन् । उनले भने, ‘म कुनै हालतमा ब्याक हुन्न । मैले कुनै त्रुटि गरेको छैन ।’

नागरिकताबारे उठाइएको प्रश्न आफ्नो कारण नभएको उनले बताएका छन् । उनले यसबारे छानविन गर्न सुनुवाई समितिलाई चुनौती दिएका छन् ।
अन्सारीको नागरिकतामा फरक फरक जन्ममिति हुनुका साथै शैक्षिक प्रमाणपत्र भारतीय भेटिएको थियो ।

उनले आयोगको अध्यषमा सिफारिस हुनु दुई दिन अघि नै आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको तर, पार्टीले निर्णय गर्न ढिला गरेको बताएका छन् ।

६ माघमा मुस्लिम आयोगको अध्यक्ष सिफारिस हुँदासम्म उनी नेकपाको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको समानुपातिकको बन्दसूचीमा थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...