चितवनका खेतमा धमाधम प्लटिङ
भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय लागू गर्न नसक्ने बताए पनि विभिन्न स्थानमा धमाधम प्लटिङ गरेको पाइएको छ । भरतपुर महानगरपालिका वडा नं. १५ को शितलचोक नजिक धान फल्ने घोल खेतमा धमाधम प्लटिङ गरेको पाइएको हो ।