चितवनका खेतमा धमाधम प्लटिङ



हाम्रो इकोनोमि

 

भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय लागू गर्न नसक्ने बताए पनि विभिन्न स्थानमा धमाधम प्लटिङ गरेको पाइएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १५ को शितलचोक नजिक धान फल्ने घोल खेतमा धमाधम प्लटिङ गरेको पाइएको हो । महानगरपालिकासँग कुनै पनि स्वीकृती नलिई भरत गुरूङसहितको समूहले धान खेतमा प्लटिङ गरीरहेको छ ।

 

भरतपुर महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारीले प्लटिङ गर्ने समूहले वडा कार्यालयबाट कुनै स्वीकृती नलिएको बताए । ‘मैले पनि प्लटिङ भइरहेको देखेको छु, तर वडालाई जानकारी नै छैन,’ वडाध्यक्ष भण्डारीले अनलाइनखबरसँग भने, ‘सम्वन्धित निकायमा जानकारी गराउँछु ।’

प्लटिङ गर्ने मध्येका एक भरत गुरूङले खेतमा बाटो मात्रै खोलेर राखेको, तर कित्ताकाट भने नगरेको दावी गरे । ‘बाटो खोल्न पाइन्छ भनेर अहिले बाटो बनाएका हौं,’ गुरूङले भने ‘कतैबाट पनि स्वीकृती लिएका छैनौं ।’

असार, साउन र भदौ महिनामा पानी जम्ने घोलमा प्लटिङ गरेर उनीहरुले ९ देखि १७ धुरसम्मका टुक्रा तयार गरेका छन् । १० धुरको मूल्य ३२ लाख मरुल्य तोकेका छन् । मंगलपुर रामपुर सडकको झण्डै चार फिट तल लो-ल्याण्डमा यो खोल खेत छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्लटिङ गरिएको बारेमा जानकारी लिने बताइन् । ‘महानगरले अहिले जग्गाको प्रकृति र अवस्थाका बारेमा सर्भे गरिरहेको छ,’ मेयर दाहालले भनिन्, ‘खेतीयोग्य कृषि जग्गामा प्लटिङ गर्न दिने नीति महानगरको छैन ।’

जग्गाको वर्गीकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीति अनुसार थप गृहकार्य गर्नुपर्ने भन्दै भरतपुर महानगरले जग्गा कित्ताकाट रोकेको हो । सरकारले गत पुस २७ गते कित्ताकाट फुकुवा गरेको थियो ।

भरतपुरमा मात्र अव्यवस्थित तरिकाले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषियोग्य जमिन नासिएको कृषि कार्यालयको तथ्यांक छ । यो क्रम बढ्दै गएपछि महानगरले प्लटिङमा रोक लगाएको हो ।

अव्यवस्थित प्लटिङकै कारण चितवनमा भरतपुर विमानस्थल विस्तारमा समेत समस्या आएको छ । अन्य विकासका पूर्वाधारका लागि जग्गा पाउन समेत समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...