मुख्य खबर

‘कालापानी हाम्रै हो भन्ने ऐतिहासिक तथ्य र प्रमाण छन्’, ‘१९५० को असमान सन्धि खारेज गरौँ, गोर्खाभर्ती बन्द गरौँ’

  भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको कालापानी भूमिबारेको वास्तविकता के हो ? अहिलेसम्म प्राप्त ऐतिहासिक दस्तावेज, प्रमाण र व्यवहारबाट कालापानी क्षेत्र जसअन्तर्गत लिम्पियाधुरा र लिपुलेक पनि पर्छ, त्यो नेपालको भूमि हो भन्ने यथार्थ हो र प्रमाणित कुरा हो