नेपालले भारत बिरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा दर्ता गर्ने, सिक्किम र दार्जिलिंग पनि फिर्ता हुने



हाम्रो इकोनोमि

 

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतमा राखेका कारण उक्त नेपालको भू–भाग फिर्ताको माग गर्दै सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूले संयुक्त राष्ट्रसंघमा मुद्धा दर्ता गराउने भएको छ । उसले कुटनैतिक पहलसँगै बैचारीक र भौतिक यु’द्धको तयारी थाल्न समेत नेपालीहरु तयार रहेको उद्घोष समेत गरेको छ । अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजना गरिएको भारतिय राजदुतावास घेराउ तथा धर्ना कार्यक्रम यस्तो उद्घोष गरिएको हो । सिक्किम र दार्जिलिंग पनि फिर्ता हुने भएको छ ।

उक्त धर्ना कार्यक्रममा लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद जस्ता नारा लगाएका थिए । विरोध कार्यक्रममा विद्यार्थीहरुले भारतको नक्सा समेत जलाएका थिए । सोही भारतिय राजदुतावास घेराउ तथा धर्ना कार्यक्रमलाइ अनेरास्ववियु केन्द्रिय संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङ्ग ले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सह संयोजक रन्जित तामाङले आबश्यक परे अनेरास्ववियु भारत सङ्ग यु’द्ध गर्नसमेत तयार रहेको तर सकभर कुटनैतिक रुपमा समस्याको समाधान गर्न पहल गर्नुपर्ने धाराणा राखेका थिए ।

त्यस्तै संयोजक ऐन महर ले नेपाल आमाको एक इन्च पनि जमिन कसैले कब्जा गरे त्यो सह्य नहुने र सदियौ देखि बृटिश को गुलाम रहेको भर्खर मात्र गोर्खाली सेना को सहयोग ले स्वतन्त्र भएको भारतले हालसम्म कसैको गुलाम नबनेको स्वतन्त्र देश नेपाललाइ गिद्दे नजर नलगाउन समेत चेतावनी दिएका थिए । महरका अनुसार भारतिय बिस्तारबाद का विरुद्ध आज २४ गते आइतबार नेपाल सरकार लाई ज्ञापनपत्र बुझाउने र २५ गते सोमबार संयुक्त राष्ट्र संघमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेकाले सम्पुर्ण देशभक्त, राष्ट्रप्रेमी विद्यार्थीसाथीहरू लाई सो कार्यक्रममा सहभागीहुन आह्वान गरेका छन।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...