बागी उम्मेदवार लिन घरकै छतमा हेलिकप्टर



हाम्रो इकोनोमि

 

बागलुङमा वाम उम्मेदवारविरुद्ध बागी बनेका शेरमान घर्ती मगरको उम्मेदवारी फिर्ता लिने प्रयास विफल भएको छ । पार्टी महासचिव विष्णु पौडेलसँगको छलफलपछि उनी उम्मेदवारीबाट पछि हटेका थिए ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार दिउँसो १ बजेसम्म तोकिएको थियो । घर्ती भने सदरमुकामबाट १०० किलोमिटर टाढा ढोरपाटन नगरपालिका पुगेका थिए । उनलाई लिन मेयर देवकुमार नेपालीले हेलिकप्टर चार्टर्ड गरेका थिए । हेलिकप्टर मेयर नेपालीकै होटलको छतमा बसेको थियो । उम्मेदवारी फिर्ता लिने समय १५ मिनेट बाँकी हुँदा मात्र उनी बुर्तिबाङबाट हिँडेका थिए । समय गुज्रिएपछि मात्र उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे ।

प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नम्बर २ (२) को उपनिर्वाचनमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ । जनमोर्चाका खिमविक्रम शाहीले साझा उम्मेदवारका रुपमा मनोनयनपत्र दर्ता गराएका थिए । नेकपा नेता घर्तीले पार्टी केन्द्रको निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...