बागी उम्मेदवार लिन घरकै छतमा हेलिकप्टर



हाम्रो इकोनोमि

 

बागलुङमा वाम उम्मेदवारविरुद्ध बागी बनेका शेरमान घर्ती मगरको उम्मेदवारी फिर्ता लिने प्रयास विफल भएको छ । पार्टी महासचिव विष्णु पौडेलसँगको छलफलपछि उनी उम्मेदवारीबाट पछि हटेका थिए ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार दिउँसो १ बजेसम्म तोकिएको थियो । घर्ती भने सदरमुकामबाट १०० किलोमिटर टाढा ढोरपाटन नगरपालिका पुगेका थिए । उनलाई लिन मेयर देवकुमार नेपालीले हेलिकप्टर चार्टर्ड गरेका थिए । हेलिकप्टर मेयर नेपालीकै होटलको छतमा बसेको थियो । उम्मेदवारी फिर्ता लिने समय १५ मिनेट बाँकी हुँदा मात्र उनी बुर्तिबाङबाट हिँडेका थिए । समय गुज्रिएपछि मात्र उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे ।

प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नम्बर २ (२) को उपनिर्वाचनमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ । जनमोर्चाका खिमविक्रम शाहीले साझा उम्मेदवारका रुपमा मनोनयनपत्र दर्ता गराएका थिए । नेकपा नेता घर्तीले पार्टी केन्द्रको निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...