जीवनभर निरोगी रहन अपनाउनुहाेस् यी नियम



हाम्रो इकोनोमि

 

 

प्राचीन समयमा उठ्नेदेखि सुत्नेसम्म हरेक कुराका एक नियम हुन्थ्यो। त्यही कारण उक्त समयमा मानिसहरु एकदमै तन्दुरुस्त, निरोगी र दीर्घजीवि हुन्थे। उनीहरुमा अहिलेजस्तो अनेक किसिमको रोग लाग्दैनथ्यो। किनभने, उनीहरुको जीवनशैली अनुशासित हुन्थ्यो। नियमबद्ध हुन्थ्यो। यी सारा नियमको बारेमा आयुर्वेदमा उल्लेख छ। यदि अहिले पनि यस नियमलाई पच्छ्याउने हो भने, निरोगी रहन सक्छौं।

 

आयुर्वेदिक ढंगले स्वास्थ्यलाई रोगमुक्त राख्न सकिन्छ। हुन त यस्ता दिनचर्यामा अभ्यस्त हुन अलि गाह्रो पर्छ। किनभने हामी अनुशासनहिन बन्दै गएका छौं। हाम्रो दिनचर्या सिलसिलावद्ध छैन। खानपानदेखि उठ्ने-सुत्ने तालिका समेत लथालिंग छ।

 

यदि आयुर्वेदको दिनचर्या पद्धती अपनाउने हो भने, स्वास्थ्यमा केहि परिवर्तन अनुभव गर्न सकिनेछ। यसको बारेमा आयुर्वेदमा विस्तारमा बताइएको छ। हामीले दैनिक जीवनका यसलाई अनुशरण गर्न सक्छौं।

 

सूर्यादयअघि उठौं आयुर्वेद भन्छ, आफ्नो दिनको सुरुवात घाम उदाउनुअघि गर्नुपर्छ। नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं। यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ। आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने वताएको छ। यसका लागि अलार्मको भर पर्नु हुँदैन। n

 

खुब स्वास लिने ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ। यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ। खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलार सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ। साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ।

 

मनतातो पानी पिउने : नियमित रुपमा दिनमा दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ। यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ। मुटु रोगको खतरा पनि कम हुन्छ।

 

नास्ता गरौं : आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ। बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो। नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ। यसले मस्तिष्क सक्रिय रहन्छ। इनर्जी लेभल बढ्छ।

 

सही खानपान गरौं : हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं। खानेकुरा सुपाच्य, सन्तुलित होस्। तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं। बरु दिनभरमा पटक-पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ। विजातिय खानेकुरा सेवन नगरौं। सकेसम्म सात्विक भोजन लिनुपर्छ। मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ।

 

खाना अघि पानी पिउनु हुँदैन : खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन। खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ। यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ।

 

खाना खाएपछि नुहाउन हुन्न : खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं। साथै नुहाउनु पनि हुँदैन। खाना खानसाथ सुत्नु हुँदैन।
केही समय घाममा : हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ। यसले भिटामिन डि प्राप्त हुन्छ। शरीरको कतिपय दुखाई कम हुन्छ।

 

सोझो पोजिसनमा बसौं : कुपि्रएर, झुकेर, खुम्चिएर बस्नु हुँदैन। यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ। सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ। गहिरो निन्द्रा आवश्यक हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ। सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ। सुत्ने समयमा मनमा अनेक कुरा खेलाउनु हुँदैन।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...