चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले



हाम्रो इकोनोमि

 

सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन थालेको छ। अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन् । तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा खटिने गरेका छन् भने अन्य टोलीले क्षेत्र विभाजन गरेर बजारको अनुगमन गर्छन् ।

बजार अनुगमनमा वाणिज्य विभागसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकाय पनि परिचालित छन् । उपभोक्ता संरक्षण ऐनअन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले समेत अनुगमन गरिरहेको छ ।

बजारमा उपभोग्य वस्तुमा महँगी अचाक्ली बढेको गुनासो आइरहेका बेला विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्वमा कुनै वस्तुको माग बढी छ कि छैन, त्यसको आपूर्तिको अवस्था कस्तो छ, व्यवस्थापन तथा गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरा ध्यानमा राख्दै कृत्रिम अभाव सिर्जना हुन नदिन केन्द्रित रहेको बताए।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई पक्राउ गरे चुप बस्दैनौँ : कांग्रेस

  नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप...

गगन थापामाथि कसैले निगरानी गरेको छैन : सीआईबी

    नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला व्यापक छ,...

डिजिटल यात्राको दिशामा नेपाल आयल निगम

    नेपाल आयल निगम लिमिटेडले आफ्ना कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्न...

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको...