स्तन किन सानो वा ठूलो हुन्छ ? जान्नुहोस्



 

स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ।

स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्।

हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ।

थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ।

थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि बढिरहेको हुन्छ, डा. शाक्यले भने, ‘त्यस्तो अवस्थामा हार्मोन विशेषज्ञको रायअनुसार काम गर्नुपर्ने हुन्छ।

 

१७ वर्षकी एक नेपाली किशोरीको स्तन अत्यधिक ठूलो भएको अवस्थामा सबै जाँचपछि उनको स्तन घटाउने शल्यक्रिया गरिएको डा. शाक्यले बताए।

उनको दुईवटा स्तनबाट १ किलो मांसपेशी हटाउँदा स्तन केही सानो भयो।

उनको फेरी शल्यक्रिया गरेर उपयुक्त साइजमा ल्याउन सकिने उनको भनाइ थियो। यसरी स्तनको आकार घटाउँदा भने कुनै तन्तु काटिएर पछि ब्रेस्ट फिडिङका लागि दूध नआउने सम्भावना पनि हुन्छ।

चिकित्सकहरूका अनुसार किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ, तर त्यसपछि क्रमशः झोल्लिन थाल्छ, विवाह गरेर स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो बनाउन चाहन्छन्।

त्यसका लागि छाला काटेर कसिलो बनाइन्छ। स्तन क्यान्सर भएर स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सक्छन्। स्तन ठूलो भएका अधिकाशंलाई ब्याक पेन तथा काँधमा भारी अनुभव हुने चिकित्सकहरूले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको