अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

 

अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान एक होटल परिसरको पोखरीमा कार डुब्दा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको ज्यान गएको फेयर फ्याक्स काउन्टी प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार खड्काले चलाएको कार हिउँका कारण चिप्लिएर जमेको पोखरीमा खस्न पुगेको थियो । पोखरी गहिरो नभए पनि अत्यधिक चिसो पानी र उद्धारमा भएको ढिलाइका कारण दुवै जनाको मृत्यु भएको अनुमान गरिएको छ । मृतक खड्का सोही होटलमा कार्यरत थिए भने भट्ट रोजगारीको खोजीमा रहेका थिए । स्थानीय सुरक्षा अधिकारीहरूले यस स्थानमा यस्तो प्रकृतिको दुर्घटना हुनु असामान्य रहेको बताएका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको काउन्टी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...