सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा



हाम्रो इकोनोमि

 

 

सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ, सीजी डिजिटलका स्टोरहरूमा LG, CG, Godrej, Midea, र Black+Decker का माइक्रोवेव ओभन किन्दा
कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन् ।

साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ। यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव
ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ।सी जी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफ बाट यो कक्षा संचालन भैरहेको छ!
अहिले, इटहरी,बिराटनगर, दमक, बिर्तामोड,झापा,काकडभित्ता, चन्द्रगडी,धरान उर्लाबारी र लहानमा सी जी डिजिटल लगायत एल जी को डिलर हरुमा यो कुकिङ्ग कक्षा २०८१ पौष २५ गते देखि माघ ११ सम्म चलिरहेको छ !!

सीजी डिजिटलका सेफ धन बाहादुर बस्नेतले भने, हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ । यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधीको प्रयोगमा सघाउन चाहन्छौं । यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ ।

प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ।  कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ! माइक्रोवेव ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...