एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरियता दिने



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरियतामा राख्नेबारे छलफल भएको छ । बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका थिए । २०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्याग गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए । त्यसपछि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहँदै आएका छन् । गौैैतम हाल राष्ट्रिय सभा सदस्य छन् । हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । त्यसपछि गौम र एकीकृत समाजवादीमा नेताहरू संवादमा छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...