तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी



हाम्रो इकोनोमि

 

 

उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताएका छन् । नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘आयल निगमले जे जति व्यवसाय गर्छ, त्यसका विकल्पहरु आइसकेका छन् । निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहन्छ । मन्त्री भण्डारीले नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताए । ‘तेलमात्रै बेचेर मुनाफामा रहेको भन्दै रमाउने अब धेरै दिन छैन’, उनले भने, ‘तेलमात्रै बेचेर नाफा कमायौं भनेर रमाइरहने आगामी दिनका हाम्रा यात्रा सहज छ या जोखिमपूर्ण छ भनेर हामीले सोच्नुपर्ने बेला छ ।

आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए । आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए । निगमले अहिले गरिरहेको कामप्रति मन्त्री भण्डारीले असन्तुष्ट जनाए । जनशक्ति धेरै भए पनि सोहीअनुसार काम भने नभएको, तर मागमात्रै बढेको उनले गुनासो गरे । डिपो स्थानान्तरणको काम सोचेअनुसार अगाडि नबढाएको भन्दै मन्त्री भण्डारीले कर्मचारीको काममा असन्तुष्ट जनाए । ‘परिणाम देख्नेगरी काम भएन । काम नै भएन भने यतिको संख्या किन ? हामी व्यवसाय बढाउने कुरा गरिरहँदा अहिलेकै अवस्थामा कामको गति सुस्त छ । यदि यहाँका कर्मचारीले काम गर्न सक्दैन भने हामी अरूलाई नै काम लगाउनुपर्ने हुनसक्छ’, मन्त्री भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...