भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस भएको भूकम्पमा परेर ३६ जनाको ज्यान गएको छ । चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसार मृत्यु हुनेहरूको आँकडा ३६ पुगेको छ । ज्यान जानेहरू सबै चीनको तिब्बतकै भएको बताइएको छ ।

यस अगाडि अमेरिकी विश्व च्यानल सीएनएनले नौ जनाको ज्यान गएको बताउँदै भूकम्प ७.१ रेक्टर स्केलको आएको बताएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले भने ६.८ रेक्टर स्केलको भूकम्प आएको लेखेको छ । ग्लोबल टाइम्सका अनुसार दिङ्ग्री काउन्टीमा भूकम्प गएको हो । यो काउन्टी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट नजिकै रहेको छ । चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...