भरतमोहन अधिकारीको अहिलेको अवस्था, म जिउँदै छु, मरेको छैन



हाम्रो इकोनोमि

 

भरतमोहन अधिकारीको अहिलेको अवस्था नाजुक भएपनि मरेका भने छैनन् । उनलाई अहिले यसो भन्न सकिन्छ म जिउँदै छु,मरेको छैन ।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा चिकित्सकहरु अझैं प्रयासरत् छन्  फेसबुकेहरु श्रद्धाञ्जली दिन दौडादौड भएपछि भरतमोहन अधिकारीलाई म जिउँदै छु,मरेको छैन भन्नपर्ने भएको छ ।

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनेको छ । अधिकारीलाई बचाउने सम्भावना न्यून रहेको उनी उपचाररत धुम्बाराहीस्थित ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र क्रिटिकल केयर सेन्टरका निर्देशक डा हेमराज पनेरुले अधिकारीको स्वास्थ्य अवस्था नाजुक भएको बताए ।

शनिबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेता अधिकारीको स्वास्थ्य अत्यन्त क्रिटिकल छ । उहाँ बाँच्ने सम्भावना न्यून छ।’

अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई राखिएको अस्पतालमा उनका परिवारका सदस्य र नेकपाका नेता–कार्यकर्ताहरु पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...